काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार एक लाख रुपैयाँ बराबरको नक्कली नोटसहित गोरखाको गोरखा नगरपालिका(३ धारापानी घर भइ काठमाडौँ नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेको हो ।
थापालाई स्वयम्भूमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । थापाको साथबाट एक लाख ९एक हजार दरका १०० थान० नक्कली नोट बरामद भएको छ । पक्राउ परेका थापालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।