काठमाडौं -कालिकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
सडकमा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जीप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मोनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, २२ वर्षीया रिता शाही गम्भीर घाइते भएकी छिन् । जीप रोकेर चालक बाहिर निस्किएका थिए । रास्कोट नगरपालिकामा २ सेरा बजारमा रोकेर राखिएको जिप ब्याक भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।