महेन्द्रनगर – मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ ।
करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए ।