सिर्सिया नदीको प्रदुषणको समस्या समाधान गर्न सरकार गम्भीर छ: गृहमन्त्री श्रेष्ठ – Himalayan Dainik

सिर्सिया नदीको प्रदुषणको समस्या समाधान गर्न सरकार गम्भीर छ: गृहमन्त्री श्रेष्ठ


सिर्सिया नदीको प्रदुषणको समस्या समाधान गर्न सरकार गम्भीर छ: गृहमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिर्सिया नदीको प्रदुषणको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन । सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेका स्थानीयलाई भेट्दै उनले यस्तो बताएका हुन ।

श्रेष्ठले आन्दोलनरत पक्षले राखेका बिषयहरूमा सरकार सकारात्मक रहेको भन्दै छलफलमा बसेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् । उनले छलफलका लागि सिंहदरबार आउन आग्रह गरेका छन् ।

उनले सिर्सिया नदीलाई स्वच्छ राख्नुपर्ने बिषयलाई सम्बोधन गर्न तत्कालीन दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताए । श्रेष्ठले सिर्सियाबासीको समस्या राज्यको पनि समस्या भएकाले सरोकारवाला मन्त्रालयहरुसंग पनि छलफल गरिने प्रतिवद्धता व्यक्त गरे ।