ठमेलमा एक युवकले गरे प्रेमिकाको हत्या – Himalayan Dainik

ठमेलमा एक युवकले गरे प्रेमिकाको हत्या


ठमेलमा एक युवकले गरे प्रेमिकाको हत्या

काठमाडौं – काठमाडौंको ठमेलमा एक युवकले प्रेमिकाको हत्या गरेका छन् ।

भगवती बहालमा बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारले चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेका हुन्।

अमरले मादक पदार्थ सेवन गरी जेनिशालाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अमरलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।