काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले आउँदो आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका छन ।
बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले बजेट तीन वटा जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको भन्नेबारेमा त्यसको आधार खोज्ने बताए ।
उनले भने, ‘बजेटबारे मैले केही टिप्पणी सुनेँ, बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ । नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसाबले गरिएछ । त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो, सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ ।’
डडेलधुरा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , र नुवाकोट अर्थमन्त्री प्रकाशशरण महतको गृह जिल्ला हो । उनले बजेट जति अर्थमन्त्री , प्रधानमन्त्री र काँग्रेस सभापतिको जिल्लामा केन्द्रित भएको समेत बताए ।