काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वभाविक भएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा भारत भ्रमण लगायतका बिषयमा जानकारी गराउँदै उनले यस्तो बताएका हुन ।
उनले राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच्च अदालतले मान्यता दिने विश्वास व्यक्त गरेका छन्।
‘अदालतले पनि संविधान र लोकतन्त्रको मर्म र भावना भन्दा बाहिर गएर त पक्कै गर्दैन । हिजो पनि सदन विघटन पटक पटक हुँदा अदालतले पुनर्स्थापना गरेको इतिहास छ। म त्यो विश्वास गर्छु, अन्ततः अदालतको फैसला हामी सबैलाई मान्य हुन्छ नै’ प्रधानमन्त्री प्रचण्डले भने।