काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारत भ्रमणमा जाने दिनमै राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै भएको बताएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन । उनले आफ्नो भारत भ्रमणमा जाने दिनमै नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै भएकाले शंका उपशंका नगर्न पनि आग्रह गरेका छन ।
नागरिकता विधेयकका विषयमा पूर्वप्रधानन्यायाधिवक्तासहितको छलफलको सुझावको आधारमा सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्नु उचित हुने राष्ट्रपतिलाई सुझाव दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यहीँ जेठ १७ मा नागरिकता विधेयक प्रमाणिकरण गरेका थिए । त्यसयता सो विधेयक विवादित बन्दै आएको छ ।