नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु – Himalayan Dainik

नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु


नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु

काठमाडौँ – नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु भएको छ । मंगलबार सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
उनका अनुसार बहस आज बिहान ११ बजेदेखि सुरु भएको हो ।
उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ ।