काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशको बिषयमा सत्यता नरहेको बताएका छन ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै अर्थमन्त्री महतले बजेट निर्माणका क्रममा आफूले इमान्दारपूर्वक काम गरेको भन्दै करको दर हेरफरेका क्रममा अनधिकृत व्यक्तिको प्रवेशको बिषयमा सत्यता नभएको बताएका हुन् ।
बजेट निर्माणमा संलग्न भनिएका पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठले आधिकारीक निर्णय भएको कुरालाई टाइप गर्ने काम गरेको र निर्णय प्रक्रियामा संलग्न नरहेको उनले बताए ।