जसपाले बजेटबारे अन्तरक्रिया कार्यक्रम गर्दै – Himalayan Dainik

जसपाले बजेटबारे अन्तरक्रिया कार्यक्रम गर्दै


जसपाले बजेटबारे अन्तरक्रिया कार्यक्रम गर्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार बजेटबारे अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ ।
छलफलमा पार्टीका शीर्ष नेताहरु, आर्थिक विज्ञ तथा आर्थिक विषयका जानकारहरुको सहभागिता रहने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठक दिउँसो ४ बजे टेकुस्थित मसला कटेज रेष्टुरेण्ट एण्ड ब्याङ्क्वेटमा बस्ने छ ।