विराटनगर– नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बसेको कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।
मंगलबार नै माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । जसले गर्दा हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । अहिले एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री छन् । कार्की नेतृत्वको सरकारममा रास्वपाको मात्र समर्थन छ ।