काठमाण्डौ – शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५३ दशमलव शून्य तीन अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ३७ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा होटल, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय ७० वटा कम्पनीका ४५ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् ।