काठमाडौं – जिम्बाबेमा हुने विश्वकप छनोटको अभ्यास खेल खेल्न सन्दीप लामिछाने अफ्रिका जाने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई भोलि अफ्रिका पठाउने तयारी गरेको छ ।
सन्दीपको मुद्दा अदालतमा विचाराधीर रहेका कारण उनी जान पाएका थिएनन् ।
तर, जिल्ला अदालत काठमाडौंले असार २९ गतेलाई पेशी तोकेपछि उनी पनि अफ्रिका जाने भएका हुन् ।
सन्दीप बाहेकको टीम यसअघि नै मङ्गलवार अफ्रिका गइसकेको छ ।