सुर्खेत – कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।
आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको हो ।
प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेश प्रमुख तिलक परियारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको हो ।