संसद बैठक स्थगन गर्न राप्रपाद्वारा प्रस्ताव पेश – Himalayan Dainik

संसद बैठक स्थगन गर्न राप्रपाद्वारा प्रस्ताव पेश


संसद बैठक स्थगन गर्न राप्रपाद्वारा प्रस्ताव पेश

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको निर्धारित कार्यक्रम स्थगित गर्न स्थगत प्रस्ताव पेश गरेको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम बैठक स्थगन गर्न माग गर्दै राप्रपाले प्रस्ताव पेश गरेको हो ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा प्रतिनिधि सभामा छलफल गाराउन माग गर्दै निर्धारित कार्यक्रम स्थगित गर्न राप्रपाले माग गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले १७ जेठमा नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।