नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा – Himalayan Dainik

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा


नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौँ – नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज हुँदैछ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणविरूद्व वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले १७ जेठमा नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।