काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाइ हुँदैछ ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी दर्ता गरेको रिटमा आज अदालतमा सुनवाइ हुन लागेको हो ।
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेकको विधेयक असंवैधानिक भएको भन्दै रिटमा लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ ।