शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो – Himalayan Dainik

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो


शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

काठमाण्डौ – आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको दोस्रो कारोबारमा पनि शेयर बजार उच्च अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज बुधवार ३८ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ४९ दशमलव ८३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा होटल तथा पर्यटन, उत्पादन, फाइनान्स, जलविद्युत् र लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन दुई सय ६२ वटा कम्पनीका ८७ लाख ३६ हजार कित्ता शेयर दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् ।