प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान – Himalayan Dainik

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान


प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।

बुधबार अपरान्ह उनी भारतको राजधानी नयाँदिल्ली गएका हुन्।

गत पुसमा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक भारत भ्रमणमा गएका हुन्।

प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्ने छन्। प्रधानमन्त्री प्रचण्ड सहितको टोली यहीँ जेठ २० गते स्वदेश फर्किने छन ।