सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड – Himalayan Dainik

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड


सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार तोलामा दुई हजार चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढ्दै नयाँ रेकर्ड कायम गर्न सफल भएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।