भारतीय साम्राज्यवाद विरुद्ध संघर्षमा उत्रन चित्रबहादुर केसीको अपिल – Himalayan Dainik

भारतीय साम्राज्यवाद विरुद्ध संघर्षमा उत्रन चित्रबहादुर केसीको अपिल


भारतीय साम्राज्यवाद विरुद्ध संघर्षमा उत्रन चित्रबहादुर केसीको अपिल

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले संसद भवनमा राखेको नक्साले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर रुपमा होच्चाएको बताएका छन् ।

बुधबार बिहान एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष केसीले भारतको नवउद्घाटित संसद भवनमा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगरसहितका भू–भाग सम्मिलित गरी राखिएको नक्साप्रति आफ्नो पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएका छन् ।

‘नेपाल र पाकिस्तानका भू–भागलाई सम्मिलित गरी भारतले संसद भवनमा राखेको नक्साले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर रुपमा होच्याउने कार्य गरेको छ । भारतको उक्त कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ ।’ अध्यक्ष केसीले भनेका छन्, ‘संसद भवनमा राखिएको भारतको नक्साबाट नेपालका भू(भागलाई अविलम्ब हटाइनु पर्दछ । नेपालका प्रधानमन्त्रीले भारत भ्रमणको अवसरमा त्यस विषयमा भारतीय समकक्षीसँग गम्भीरतापूर्वक कुरा उठाउनुपर्ने कुरामा हामीले जोड दिन्छौँ ।’

उनले भारतीय साम्राज्यवाद विरुद्ध संघर्षमा उत्रन समेत अपिल गरेका छन् ।

‘भारतीय साम्राज्यवादले सुरुदेखि नै नेपाललाई भारतमा गाम्भका लागि विभिन्न षड्यन्त्र गरिरहेको कुरा कसैबाट लुकेको छैन् । केसीले भनेका छन् ‘नेपालसहितका अन्य छिमेकी मुलुकलाई समेटेर अखण्ड भारत कायम गर्ने रणनीतिअन्तर्गत भाजपाको वर्तमान सरकारले लामो समयदेखि प्रयत्न गरिरहेको कुरा पनि कसैबाट लुकेको छैन् । त्यही रणनीतिअन्तर्गत नै उक्त नक्सा राखिएको कुरामा कुनै शंका छैन । तसर्थ भारतको उक्त रणनीतिका विरुद्ध संघर्षमा उत्रिन सम्पूर्ण देशभक्त, जनतान्त्रिक शक्तिहरुका साथै पार्टीका विभिन्न तहले पनि संघर्षको कार्यक्रमलाई अगाडि बढाउन अपिल गर्दछु ।’