काठमाडौँ – टीकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएकोविरुद्धमा परेको रिटको आज सुनुवाइ हुँदै छ ।
सर्वोच्च अदालतले उनको आममाफीविरुद्धमा परेको रिटको सुनुवाइ गर्न लागेको हो । गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रेशम यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदनको सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकेको हो ।
शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।