शेयर बजार आज घट्यो – Himalayan Dainik

शेयर बजार आज घट्यो


शेयर बजार आज घट्यो

काठमाण्डौ – शेयर बजार आज घटेको छ । शेयर बजार आज मङ्गलवार ५३ दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ६१ विन्दुमा झरेको छ ।

सबै कम्पनीको शेयर घटेर बजार राताम्मे भएकोमा बिमा, होटल, विकास, बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ७५ वटा कम्पनीको ७० लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ३४ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छन् ।