काठमाडौं – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाएको छ।
सर्वोच्चको प्रधान न्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन सुनुवाइ समितिले आह्वान गरेको छ।
मंगलबार सिंहदरबार बसेको समितिको पहिलो बैठकले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र उजुरी लिने निर्णय गरेको हो।
कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत दिन सकिने छ। उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने बेनामे उजुरीलाई भने प्राथमिकता नदिने भएको छ।
गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।