काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गरेका छन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई लिएर भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताए ।
उनले भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाइ तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकाश, आर्थिक सहयोग लगायतका मुद्दाहरूलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्रीको भारत भ्रमण भोलिदेखि २० गतेसम्म हुँदैछ ।