लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक हो :प्रधानमन्त्री प्रचण्ड – Himalayan Dainik

लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक हो :प्रधानमन्त्री प्रचण्ड


लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक हो :प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक भएको बताएका छन । सोमबार सैनिक मञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिने धारणा राखे ।

संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुन नसक्ने उनको भनाइ छ ।

उनले आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने पनि बताए ।

जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिबद्धताका साथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो रहेको उनको भनाइ छ ।