एमालेले गर्यो कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई सम्मान – Himalayan Dainik

एमालेले गर्यो कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई सम्मान


एमालेले गर्यो  कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई सम्मान

काठमाडौँ – नेकपा (एमाले)ले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढा मगरलाई सम्मान गरेको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उनलाई पुष्प गुच्छासहित सम्मान गरेका हुन् ।
आरोही मगरले यही जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।