काठमाण्डौ – कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ परेका छन् । विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रदर्शनलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले हिजो बिहान ६ बजेदेखि कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा लागू गरेको छ ।
निषेधाज्ञा तोडेर प्रदर्शन गर्नेहरुलाई पक्राउ गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।