सोलुखुम्बु : एक महिलाको हत्या – Himalayan Dainik

सोलुखुम्बु : एक महिलाको हत्या


सोलुखुम्बु : एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी राईको भान्सा कोठामा शव भेटिएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए । उनका अनुसार मृतक राईको जिउभरी चोट रहेको छ ।

घटना केकति कारण भएको अझै खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।