नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने – Himalayan Dainik

नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने


नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने

धनगढी – नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

मुख्यमन्त्री शाहले सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता गरेको र मनोमानी ढङ्गले सरकार विस्तार गरेको भन्दै उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने भएको हो।

मुख्यमन्त्री शाहले आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेपछि नागरिक उन्मुक्ती असन्तुष्ट बनेको छ । नाउपाले मन्त्रालय भागबन्डाको क्रममा दुईवटा मन्त्रालय मागेको थियो। तर त्यसो हुन नसेकेपछि नाउपा असन्तुष्ट बनेको हो ।