तनहुँ : जंगली च्याउ खाँदा एकै घरका तीनजना बिरामी – Himalayan Dainik

तनहुँ : जंगली च्याउ खाँदा एकै घरका तीनजना बिरामी


तनहुँ : जंगली च्याउ खाँदा  एकै  घरका तीनजना  बिरामी

तनहुँ – जंगली च्याउ खाँदा तनहुँमा एकै घरका तीन जना बिरामी परेका छन्।

बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका–५ चिन्तुटारका एकै परिवारका तीनजना बिरामी परेका हुन्।

शुकबहादुर गुरुङ, उनकी श्रीमती ६० बर्षिया मीनमाया तामाङ गुरुङ र ३२ बर्षिया छोरा थमन गुरुङ बिरामी भएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मोहनबहादुर खाँडले जानकारी दिए ।
उनीहरु सबैको अहिले अस्पतालमा उपचार भइरहेको छ।