रेशम चौधरीलाई आममाफी नदिन जनमोर्चाको माग – Himalayan Dainik

रेशम चौधरीलाई आममाफी नदिन जनमोर्चाको माग


रेशम चौधरीलाई आममाफी नदिन जनमोर्चाको माग

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ ।

चौधरीलाई आममाफी दिइ कैद मिनाहा गराउन अगाडि बढाएको प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउनका लागि मात्रै गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी भएको जनमोर्चाले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाले आज विज्ञप्ति निकालेर कैलालीको टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको र त्यो घटनाका मुख्य नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने उल्लेख गरेको छ । यसले देशमा कानुनको शासन नभएर अराजकता र दण्डहीनता मौलाउने विज्ञप्तिमा भनिएको छ । जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाइएको प्रक्रिया रोक्न सरकारसँग माग पनि गरेको छ ।

२०७२ साल भदौमा थरूहट थारूवानले कैलालीको टीकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी २०७४ फागुन १५ गतेदेखि थुनामा छन् ।

विज्ञप्ति हेर्नुहोस :