काठमाण्डौ – नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । पहिलो चरणको अनुसन्धानमा यथेष्ट प्रमाण नजुटेकाले प्रकरणमा मुछिएकामाथि प्रहरीले थप प्रमाण जुटाउन थालेको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी दानबहादुर कार्कीले यसअघि खुल्न नसकेका तर यो विषयमा जोडिएका र मुछिएकामाथि दोस्रो चरणमा अनुसन्धान सुरु भइसकेको बताए । पहिलो चरणमा अस्ति बुधवार ३० प्रतिवादीविरुद्ध चार मुद्दा दायर भइसकेको छ ।
अहिले फरार सूचीमा रहेका १७ जनामा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक तथा इन्द्रजित राईका छोरा निरज, बिचौलिया बेचन झा तथा पैसा लेनदेनमा सहयोगी भूमिका खेल्ने अन्य १४ जना छन् ।