नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने – Himalayan Dainik

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने


नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज जवाफ दिनुहुनेछ । प्रतिनिधिसभाको आज बिहान ११ बजेदेखि बन्ने बैठकमा प्रधानमन्त्री दाहालले उठेका प्रश्नको एक मुष्ट जवाफ दिनुहुने कार्यसूची छ । संघीय संसद सचिवालयद्वारा सार्वजनिक दैनिक कार्यसूचीअनुसार बाँकी केही सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएको सवालमा जवाफ दिने छन् ।

संशोधन प्रस्तावहरूलाई निर्णयार्थ पेश गरी आजकै बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । राष्ट्रियसभाबाट भने यसअघि नै प्रधानमन्त्रीले जवाफ दिएर नीति तथा कार्यक्रम पारित भइसकेको छ ।

जेठ ५ गते संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । सरकारले यहि जेठ १५ गते बजेट ल्याउँदैछ ।