ढोरपाटनका मेयरलाई एमालेले गर्‍यो प्रदेश कमिटीबाट निलम्बन – Himalayan Dainik

ढोरपाटनका मेयरलाई एमालेले गर्‍यो प्रदेश कमिटीबाट निलम्बन


ढोरपाटनका मेयरलाई एमालेले गर्‍यो प्रदेश कमिटीबाट निलम्बन

काठमाडौं – नेकपा एमालेले गण्डकी प्रदेश कमिटीले ढोरपाटनाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ ।
एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत ।रहेका उनलाई आज बिज्ञप्ति जारी गरि निलम्बन गरिएको हो ।

एमालेका प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बुधबार एक विज्ञप्ति जारी गरी नेपालीलाई यो घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको उल्लेख छ । त्यस्तै छानबिनमा सहयोग पु¥याउन पनि नेपालीलाई एमालेले आग्रह गरेको छ ।

‘‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पु¥याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ’ एमालेको विज्ञप्तिमा भनिएको छ ।

नेपाली माथि इमेज वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका छ । उनी हाल फरार छन ।

हेर्नुहोस् विज्ञप्ति