काठमाडौँ – राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ।
बैठक आज बिहान ११ बजे बस्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभाकक्षमा बस्ने बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्ध आदि विषयमा छलफल हुने बताइएको छ।