काठमाडौँ – लुम्बिनीको प्रदेश सभाको दोस्रो अधिवेशन बैठक भोलि शुक्रबारदेखि बस्ने भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वानका लागि मंगलबार सिफारिस भएर आएको भन्दै शुक्रबार १ बजेका लागि बैठक आह्वान गरेका हुन् । बैठक राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश सभा भवनमा बस्नेछ ।