रुसका प्रधानमन्त्री मिशुस्टिन चीन भ्रमणमा – Himalayan Dainik

रुसका प्रधानमन्त्री मिशुस्टिन चीन भ्रमणमा


रुसका प्रधानमन्त्री मिशुस्टिन चीन भ्रमणमा

एजेन्सी – रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग उच्चस्तरीय भेटवार्ता गरेका छन ।

चीनको औपचारिक भ्रमणमा रहेका रुसी प्रधानमन्त्री मिशुस्टिनले चिनियाँ राष्ट्रपति र समकक्षी ली छ्याङसँग बेइजिङमा बेग्लाबेग्लै भेटवार्ता गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रुसले युक्रेनमा अघिल्लो वर्ष फेब्रुअरीदेखि आक्रमण थालेपछि मस्कोबाट बेइजिङमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । पश्चिमा देशले रुसलाई लगाएको प्रतिबन्धलाई जवाफ दिन र चीनसँगको सहकार्य तथा साझेदारी बढाउन यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।