नक्कली भुटानी शरणार्थी प्रकरण: ३० जनाविरुद्ध मुद्दा – Himalayan Dainik

नक्कली भुटानी शरणार्थी प्रकरण: ३० जनाविरुद्ध मुद्दा


नक्कली भुटानी शरणार्थी प्रकरण: ३० जनाविरुद्ध मुद्दा

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको हो ।

उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।