काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद थापाले भ्रष्टाचारको अन्त्य र देशमा सुशासनको निम्ति पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन उनले माग गरे।