इस्न्याप च्याट र भाइबरमार्फत नाबालिकालाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ – Himalayan Dainik

इस्न्याप च्याट र भाइबरमार्फत नाबालिकालाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ


इस्न्याप च्याट र भाइबरमार्फत नाबालिकालाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

काठमाडौँ – सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

भुजेलले सामाजिक सञ्जाल इस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाईफुल्याई अश्लील कुराकानी तथा भिडिओ च्याट गरेर सो कार्यको स्क्रिन रेकर्ड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनाका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानी गरी म्यासेज पठाएको आरोपमा प्रहरीले निजलाई पक्राउ गरेको हो।
उक्त कार्यबाट पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दुःख, हैरानी र बेइज्जत गर्नाका साथै चरित्रहत्या गरेको उजुरीका आधारमा भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ। – रासस