जलनको उपचारका लागि सुविधासम्पन्न अस्पताल निर्माण हुनुपर्छ : सांसद भण्डारी – Himalayan Dainik

जलनको उपचारका लागि सुविधासम्पन्न अस्पताल निर्माण हुनुपर्छ : सांसद भण्डारी


जलनको उपचारका लागि सुविधासम्पन्न अस्पताल निर्माण हुनुपर्छ : सांसद भण्डारी

काठमाडौँ – नेपाली कांग्रेसका सांसद चन्द्रभण्डारीले जलनको उपचारका लागि सुविधासम्पन्न अस्पताल निर्माण हुनुपर्ने बताएका छन । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । ग्यास सिलिण्डर लिक भइ आगलागी हुँदा घाइते भएका चन्द्र भण्डारीले उपचारपछि पहिलो पटक संसदमा बोलेका हुन ।

उनले संसदमा बोल्दै जलनकै विषयमा वार्षीक सयौँले ज्यान गुमाउने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

गत वर्ष एकसय १० जनाको मृत्यु भएको तथ्यांक उनले प्रस्तुत गरे ।

गाउँगाउँमा बिजुली, ग्यास पुगेको तर त्यसलाई कसरी प्रयोग गर्ने रु के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर पाठ्यपुस्तकमा राख्नुपर्ने माग गरे ।

‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो नि,’ उनले भने, ‘विद्यार्थीले त जान्नुपर्‍यो नि,’ उनले भने ।

उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने, उपचार गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।