काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका प्रमुख नै मुछिएपछि सांसद स्वर्णिम वाग्लेले कानूनको हातबाट कोही पनि उम्कन नसक्ने बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद वाग्लेले यस्तो बताएका हुन ।
‘उनले भने ‘नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदीग्धको सूचीमा प्रहरी प्रमुख पनि थपिएको दुस्खद आरोप छ। कानुनको हात लामो हुन्छ । कोही भाग्न भाग्न सक्दैनन्। दण्डहीनताको यो निकृष्ट चुरिफुरी, यो नाटक कति लम्बिन्छ हामी हेर्नेछौँ,’