मधेस प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ – Himalayan Dainik

मधेस प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ


मधेस प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

काठमाडौं – मधेश प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नेपाली कांग्रेसका दुई र नेकपा (एकीकृत समाजवादी) का एकजना मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

मुख्यमन्त्री सरोज यादवले कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र यादवलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् ।