काठमाडौं– रास्वपा सांसद स्वर्णिम वाग्लेले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो टिप्पणी गरेका हुन ।
कर्मकाण्डी नीति तथा कार्यक्रम आएकोले धेरै उत्ताउलोपन देखाउनुपर्ने जस्तो नलाग्ने भन्दै उनले सरकारले नीति तथा कार्यक्रम परम्परा धान्न मात्रै ल्याइएको दस्तावेज भएको टिप्पणी गरे ।