कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा – Himalayan Dainik

कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा


कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं – सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।
५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् ।

शेर्पाले आज मंगलबार बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले जानकारी दिए । योसँगै कामीरिताले सबैभन्दा धेरै पटक ९२८ औंपटक० सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् ।