ईयूका शीर्ष नेताहरु दक्षिण कोरियामा – Himalayan Dainik

ईयूका शीर्ष नेताहरु दक्षिण कोरियामा


ईयूका शीर्ष नेताहरु दक्षिण कोरियामा

एजेन्सी – युरोपेली सङ्घ ९ईयू० का शीर्ष नेताहरू दक्षिण कोरियामा भेला भएका छन् । उनीहरु दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलसँगको शिखर वार्ताका लागि जुटेका हुन् ।

ईयूका शीर्ष नेता र दक्षिण कोरियाका राष्ट्रपतिबीच व्यापार सम्झौता, युक्रेनमा भएको युद्ध र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमलगायत विषयमा वार्ता हुने समाचार संस्था एएफपीले जनाएको छ ।

जापानको हिरोसिमामा सम्पन्न जी–सेभेन शिखर सम्मेलनमा सहभागी भएका युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ ९ईयू० बाट बेलायतको बहिर्गमनपछि आवश्यक स्रोत र साधनको वैकल्पिक बजार विस्तार गर्न दक्षिण कोरियासँग व्यापारिक सम्बन्ध विस्तारको प्रयास थालेका हुन् ।

युरोपेली परिषद्ले निकालेको विज्ञप्तिमा युरोपेली सङ्घ र दक्षिण कोरियाले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न आफ्नो बलियो संयुक्त समर्थन व्यक्त गर्ने अपेक्षा गरिएको छ ।