काठमाडौं – नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले भ्रष्टाचारको जालो तोड्न प्रधानमन्त्री इमान्दार र निडर भएर लाग्नुपर्ने बताएका छन । आज प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले यस्तो बताएका हुन ।
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्रष्टाचारको जालो तोड्ने आग्रह गरेका छन्। उनले इमान्दारिताका साथ अगाडि बढ्न आग्रह गर्दै सत्ताको दुरूपयोग गर्नेैलाई कारबाही गर्न आग्रह गरेका हुन्।
‘तपाईं ,इमान्दारिकताका साथ अगाडि बढ्नूस्। भ्रष्टाचारको जालोलाई तोड्नुस्। स्वच्छ सरकार देशलाई प्रदान गर्नुस्। गतिशित सरकार प्रदान गर्नुस्। काम ठग र आफ्नो सत्ताको दुरूपयोग गर्ने तत्वहरू लाई कारबाही गर्नुस्,’ अध्यक्ष नेपालले भने।