ढोरपाटन नगरपालिकाका प्रमुख सम्पर्कविहीन – Himalayan Dainik

ढोरपाटन नगरपालिकाका प्रमुख सम्पर्कविहीन


ढोरपाटन नगरपालिकाका प्रमुख सम्पर्कविहीन

बागलुङ – ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
नेपाली शुक्रबारदेखि नै सम्पर्कमा आएका छैनन् ।

उनी भागेको आशांकामा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाकामा निगरानी बढाउन प्रशासनले आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जनाएको छ ।
उनलाई स्थानीयको करोडौं रकम हिनामिनाको आरोप लागेको छ ।